काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आएका साधुसन्तलाई २०० देखि नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि नागाबाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको बताए ।
कोषले साधुसन्तलाई एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अरू मुलुकबाट पनि साधुसन्त आएका थिए ।
प्रतिक्रिया