देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुकुममा माओवादीबाट निर्वाचिन जनप्रतिनीधि जनसत्ता धमाधम व्युँताउँदै

देशान्तर

काठमाडौं । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास लिखतलाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।

कानूनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् ।
हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्त्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ ।

बाँफीकोट र सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै जनसत्ताका लिखत व्युँताउने निर्णय गरेको छ । नागरिक दैनिकमा समाचार छ ।