देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ: देव गुरुङ

देशान्तर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको औंल्याए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा अहिलेको सत्ता गठबन्धनसँग उक्त कुरा जोड्न नमिल्ने महासचिव गुरुङको भनाई छ। संविधान, गणतन्त्रको रक्षा गर्ने र परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए ।