देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा

देशान्तर

काठमाडौँ– कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले आममाफी दिएसँगै उनी कैलाली कारागारबाट आइतबार विहान रिहा भएका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए ।

चौधरीलाई स्वागत गर्न नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीसहित नेता कार्यकर्ता स्वागत गर्न कैलाली कारागार गएका थिए ।

थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनी पक्रउ परेपछि संघीय र प्रदेश सरकार समस्यामा पर्न थालेपछि सरकारले सांसद चौधरीलाई रिहाइका लागि सिफारिस गरेको थियो ।