काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा लेखकले हप्ता, १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए ।
एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको पनि उनले बताए । एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको उनको भनाइ छ।
प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताए ।
नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी रहने उनको भनाइ छ।
प्रमुख सचेतक लेखकले कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे ।
प्रतिक्रिया