काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरु बिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।
व्यवसायीहरूले पछिल्लो समय बैङ्कहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैङ्कको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
गायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ । उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैङ्कहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रममा दिइएको छ ।
प्रतिक्रिया