देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्य कृषि उपजको आयात ३० प्रतिशतले गिरावट

देशान्तर

काठमाडौं– मानिसको दैनिक जीवनका अति उपभोग्य कृषि उपजहरुको आयातमा आश्चार्यजनक गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष ९आव० को ६ महिनामा पेट पाल्नकै लागि नभई नहुने खाद्यवस्तुको आयातमा ३० प्रतिशत बढीले गिरावट आएको छ ।

खाद्यान्नको खपत गर्ने जनशक्तिमा कुनै ठूलो परिवर्तन नआउनु, उत्पादन पनि नबढ्नु तर कृषि वस्तुको आयातमा गिरावट आउनुले मन्त्रालय नै झस्किएको अधिकारीहरुले बताएका छन् । उत्पादन वृद्धि नभई घटेको आयात र खपत जस्ताको त्यस्तै रहनुबारे मन्त्रालयले आन्तरिक र अन्तर मन्त्रालय छलफल थालेको पनि कृषि मन्त्रालयले जनाएको छ ।

आन्तरिक उत्पादनमा कुनै ठूलो वृद्धि नहुनु, उपभोगयोग्य जनशक्तिमा स्थानान्तरण नै नभई चामल, धान, आलुदेखि कनिका र धानको बिउ आयातमा समेत संकुचन देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार धानको बिउको आयात ९७ प्रतिशतले घटेको छ । धान चामलको आयात ३१ प्रतिशत, मकै २४ प्रतिशत, गहुँ ९८ प्रतिशत र कनिकाको आयात ६९ प्रतिशतसम्मले घटेको छ । यस्तै आलुको आयात ९ प्रतिशतले घटेको छ । मुख्य फलफूलहरुमा स्याउ र केराको आयातमा पनि शंचुकन आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिचान गरेको प्रमुख ११ प्रकारका खाद्य बाली तथा फलफूल मध्ये सुन्तला र प्याजबाहेक सबै प्रकारका वस्तुको आयातमा कमि आएको छ । आन्तरिक उत्पादन वृद्धि नभई आयातमा आएको एक्कासी गिरावटले बजारको ओद्योगिक तथा खाद्यान्न उपभोगको चक्रमा गम्भीर असर देखिन सक्ने पनि मन्त्रालयले जनाएको छ ।