देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लैजाने तयारी

देशान्तर

काठमाडौँ– ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको बर्न अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिश गरेअनुसार उनलाई मुम्बइ लैजान लागिएको हो ।

स्वास्थ्य मन्त्री पदम गिरीले केही प्रक्रिया पूरा गरेर आजै मुम्बई लैजाने तयारी रहेको जानकारी दिए । ‘उहाँको अवस्थाको जानकारी लिएँ, चन्द्र्र चण्डारीले मलाई यही उपचार गर्दिनुस् भन्नुुभएको थियो । डाक्टरहरूले भित्र श्वास नलीमा असर गरेको हुनसक्छ भनेर मुम्बईको बर्न सेन्टरमा लैजान सिफारिश गर्नुभएको छ,’ मन्त्री गिरीले भने, ‘प्रक्रिया पुर्‍याएर आजै मुम्बई लैजाने तयारी छ ।’

मन्त्री गिरीले सरकारको तर्फबाट भण्डारीको उपचारमा सहयोग रहने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए ।

उनकी आमा हरिकलाको उपचारको क्रममा बिहीबार बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भइसकेको छ ।