काठमाडौँ– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी हरिकलाको उपचारको क्रममा बिहीबार बिहान कीर्तिपुरस्थित बोन अस्पतालमा निधन भएको हो ।
८६ वर्षीया हरिकला गएराति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा भएको ग्यास सिलिन्डर विस्फोटमा परि गम्भीर घाइते भएकी थिइन् । उनको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
त्यस्तै आमा बचाउन गएका सांसद भण्डारीसमेत गम्भीर घाइते भएका छन् । उनको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । उनको टाउको, दायाँ पट्टीका भाग र फोक्सोमासमेत असर परेकाले अवस्था जटिल रहेको जनाइएको छ ।
प्रतिक्रिया