काठमाडौँ– महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । नयाँ बसपार्क क्षेत्रमा सोमबार भएको आन्दोलन नियन्त्रणमा लिन नसकेको भन्दै डीएसपी विष्टलाई रानीपोखरी तानिएको हो ।
घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले बताए ।
विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।
आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।
प्रतिक्रिया