देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल—भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

देशान्तर

काठमाडौँ–  नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । बैठक सोमबार (आज) मध्याह्न काठमाडौंस्थित होटल याक एन्ड यतिमा सुरु भएको हो ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारी सहभागी छन् । परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका क्वात्रा काठमाडौं आएलगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभगी भएका हुन् ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ । सचिवस्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । आजै भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।