देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली बजारमा इलेक्ट्रिक गाडी ल्याउन सम्झौता

देशान्तर

काठमाडौँ – एमएडब्लु समूह र चीनको विद्युतीय सवारी इभी उत्पादक कम्पनी सिरिस समूहले नेपाली बजारमा इलेक्ट्रिक गाडी ल्याउन रणनीतिक सम्झौता गरेको छ ।

२०२३ को मार्चबाट त्रैमासिकमा सिरिसले एमएडब्लुको डिलरसिपहरूको इभि सुभ, इभि सेडन्स र मिनि इभिको दायरा लन्च गर्ने कम्पनीले जनाएको छ ।

सिरिस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो । यसको लोकप्रिय डिएफएसके र सिरिस ब्रान्डहरूका लागि प्रसिद्ध छ ।

एमएडब्लु समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, “सिरिस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक इभि नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ,” उनले भने, “एमएडब्लुमा, हामी हाम्रा ग्राहकहरूलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादनहरू प्रदान गर्न समर्पित छौं ।”