विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनु भएको छ । दुई दिन सम्म चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिनुभयो । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी सर्वसम्मत चयन हुनु भएको छ।
महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल सर्वसम्मत हुनु भएको संयोजक दाहालले वताउनु भयो । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।
प्रतिक्रिया