सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । यसअघि हिजो अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित गरिएको थियो।
संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संयन्त्रको बैठक आज विहान ९ बजे बस्ने जानकारी दिनु भएको थियो ।
संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्तिको खोजी हुनुपर्ने बताएपछि एमाले सशंकित देखिएको छ । त्यस्तै सुदुरपश्चिम प्रदे सत्तामा आएको परिवर्तनका बिषयमा पनि छलफल हुने वताइएको छ ।
प्रतिक्रिया