काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् । दुई नेताबीच सिंहदरबारमा भेटवार्ता जारी छ ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । उक्त बैठक रोकेर सोही समयमा दुई नेता छलफलमा जुटेका हुन् ।
संयन्त्रको बैठक बिहीबार स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
प्रतिक्रिया