देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

देशान्तर

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । बाह्य क्षेत्रमा सुधार भएसँगै शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले केही नीतिहरु खुकुलो बनाउन सक्ने अपेक्षामा लगानीकर्ता देखिएका छन् ।

जसले गर्दा दिनभर रातो देखिएको बजार अन्तिम समयमा दोहोरा अंकले बढेर बन्द भएको छ । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।