काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा अनलाइन टिकेटिङ सुरू गरेको छ । अबदेखि इसेवा पोर्टलबाट आन्तरिक उडानका टिकट खरिद गर्न सकिने निगमले जनाएको छ ।
निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका टिकट ई–सेवाबाट किन्न सकिने छ । निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै अनलाइन टिकेटिङ सुरु गरेको थियो ।
निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ ।
निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ । विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरुले प्रभाव पार्ने निगमको भनाइ छ ।
काठमाडौं र नेपालगञ्जबाट हुने आन्तरिक उडानको विस्तृत विवरण, सिट संख्या उल्लेख छ । काठमाडौंबाट आठ स्थानमा र नेपालगञ्जबाट छ स्थानमा उडान हुने गरेको निगमले सोहीबमोजिम यात्रु संख्याबारे पनि प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
प्रतिक्रिया