प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकसंग आज छलफल गर्नुहुने भएको छ । सदनलाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसंग आज छलफल गर्नुहुने भएको हो ।
छलफलमा पछिल्लो समय देखिएको राजनैतिक घटनाक्रममा पनि छलफलहुन सक्ने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । आज बिहान ९ बजे दलका नेता तथा सचेतकहरूको उपस्थितिमा छलफल गर्नेगरि बिजनेस तय गरिएको छ ।
संसद्को बिजनेस तय गर्न बालुवाटारमा सर्बपक्षिय छलफल हुन लागेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनु भयो । सरकारले अधिवेशनभित्र एक दर्जन कानुन बनाउने तयारि गरेको छ ।
प्रतिक्रिया