देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लामो समय वृक्षासनमा बसेर विक्रम खड्काले गरे विश्व रेकर्ड कायम

देशान्तर

काठमाडौं- नेपाली युवा विक्रम खड्काले योगको एक आसनमा विश्व रेकर्ड कायम गरेका छन् । पर्वत स्थायी घर भइ पोखरा बस्दै आएका ३४ वर्षीय खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासनमा बसेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डस् कायम गरेका हुन् ।

उनले राखेको वल्ड रेकर्डस्को प्रमाणपत्र पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । विश्व रेकर्ड राखेका खड्कालाई सम्मान पनि गरिएको छ । पोखरा महानगरपालिका मेयर धनराज आचार्य र मनोक्रान्तिअभियन्ता डा. विकाशानन्दले खड्कालाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

अंग्रेजीमा ट्रि पोज भनिने यो आसनमा एक खुट्टा सहारामा उभिएर अर्को खुट्टा घुँडाभन्दा माथि राखी दुवै हात नमस्कार मुद्रामा जोडेर गरिने आसन हो । निकै कठिन हुने यो आसन खड्काले गत वर्ष काठमाडौंमा गरेका थिए ।

यसअघि उक्त कीर्तिमान भारतका सनत रथको नाममा १ घण्टा ६ मिनेटको थियो ।

२०६४ सालमा पनि उनले ५ घण्टासम्म गरेको शीर्षसन र २०६५ सालमा ४ घण्टासम्म गरेको त्राटक (मैनबत्तीलाई एकटकले हेर्नु) लाई पनि गिनिजबुकले रेकर्डमा राखेको खड्काको दाबी छ ।