देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट १२ जना नेपाली महिलाकाे उद्धार

देशान्तर

काठमाडौं- नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले १२ जना महिलाहरूलाई भारतबाट उद्धार गरेको छ । व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुष महिनामा भारत पु¥याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलाहरूलाई उद्धार गरिएको जनाएको हो ।

निज महिलाहरू मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्धार गर्न व्यूरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थित शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरूको उद्धार गरिएको व्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलिलगायतका नाकाहरू प्रयोग हुने गरेको उनले बताए । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुन सक्ने भन्दै उनीहरूको पहिचान गरी खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

त्यस्तै व्यूरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्धार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचविखन गर्ने तयारी भइरहेको अवस्थामा उद्धार गरिएको व्यूरोका निर्देशक श्रेष्ठले जानकारी दिए ।

मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयाँदिल्ली पु¥याउने ६ जनाको गिरोहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।