काडमाडौँ – काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभागले आजदेखि वायु प्रदूषण न्यूनीकरण सचेतना अभियान सुरु गरेको छ ।
६ दिने कार्यक्रमअन्तर्गत पहिलो चार दिनमा जनप्रतिनिधि, सफाइका कर्मचारी, नगर प्रहरी, सवारी चालकलाई वायु प्रदूषण कारण र नियन्त्रणका विषयमा अभिमुखीकरण गरिनेछ । पछिल्ला दुई दिन आगामी दिनमा गर्नु पर्ने कामका विषयमा कार्यशाला गोष्ठी हुनेछ ।
सचेतना कार्यक्रममा ५२० जनालाई वायु प्रदूषण न्यूनीकरण र भूमिकाका विषयमा जानकारी गराइनेछ । सचेतना कार्यक्रम सुरु गर्दै वातावरण समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले घरेलु फोहोरको दिगो व्यवस्थापन गर्न सकेमात्र पनि वायु प्रदूषण न्यूनीकरणमा उल्लेख्य उपलब्धी हासिल हुने दाबी गरे ।
प्रतिक्रिया