देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार तलमाथि हुँदैनः प्रधानमन्त्री

"रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन"

देशान्तर

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाकाबीच पार्टीको स्थायी कमिटी बैठकपछि पेरिसडाँडाबाट बाहिरिने क्रममा प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म दलले समर्थन फिर्ता पनि नलिने दाबी गरेका हुन् ।

राजनीतिक समीकरण फेरबदल हुन लागेको हो ? भन्ने संचारकर्मीको  प्रश्नमा  प्रचण्डले भने, ‘होइन, होइन त्यस्तो केही हुँदैन।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिन लागेको हो ? भन्ने अर्को प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, मैले बुझेसम्म उहाँहरुले फिर्ता लिनुहुँदैन।’