देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट

देशान्तर

काठमाडौँ – कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँट गरेको छ ।

कम्पनीले माघ ३ देखि ६ गतेसम्म आवदेन खुलाएको आईपीओ बिहीबार बाँडफाँट गरेको हो ।

यसमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १४ लाख ७३ हजार जनाले आवेदन दिएका थिए ।

कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो । योमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । जसमध्ये सामुहिक लगानी कोष ५४ हजार कित्ता र कर्मचारीहरुका लागि २१ हजार ६०० कित्ता सेयर छुट्याइएको थियो ।

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।