काठमाडौं- बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधबार बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए ।
जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए । जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सुचना अधिकारी थापाको भनाइ छ ।
उनको अवस्था गम्भीर रहेको थापाले बताए ।
प्रतिक्रिया