सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको हो ।
बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने तयारि थियो । यस्तै जारी पदाधिकारी बैठक पनि आज नबस्ने भएको छ। नेताहरुको कार्य विभाजनका लागि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वमा कार्यदल बनाइएको छ । त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बोलाइएको थियो ।
प्रतिक्रिया