काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशिल ज्ञवाली र कुसेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया