देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीको पदाधिकारी बैठक मङ्गलबार पुनः बस्ने

गृहमन्त्रीबारे प्रधानमन्त्री आफैँले निर्णय गर्ने

देशान्तर

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक मङ्गलबार पुनः बस्ने गरी टुङ्गिएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको सांगठानिक विषयमा आइतबार र सोमबार पदाधिकारी बैठकबाट होमवर्क गरेर टुङ्ग्याउने कार्यतालिका रहेपनि मङ्गलबार पुनः पदाधिकारी बैठक बस्ने जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “हिजो, अस्तिको होमवर्क गरेको कुरालाई टुङ्गो लगाएर भोलि (मङ्गलबार) स्थायी समिति बस्ने भन्ने कुरा थियो । यो होमवर्क अझै टुङ्गेको छैन । पर्सी स्थायी समितिको बैठक बस्ने निर्णय भयो ।”

सोमबारको बैठक संगठनको विषयमा केन्द्रित रहेको उनको भनाइ छ । सञ्चारकर्मीको राष्ट्रपतिको निर्वाचन सम्बन्धमा उनले निर्वाचन आयोगले यसको मिति घोषणा गरिसकेको र कार्यतालिका निकाल्ने तयारीमा रहेको प्रतिक्रिया दिए ।

बैठकले गृहमन्त्रीको निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । गृहमन्त्रीको कुरा सरकारको भएकाले प्रधानमन्त्रीले नै गर्ने उनले बताए । प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा गृहमन्त्रीको बारेमा छलफल हुने सुनाए ।