देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसेलद्वारा पुजिगत लाभकर चुक्ता, १३ अर्ब ६० करोड आज बुझायो

देशान्तर

काठमाडौं । एनसेलले पुजिगत लाभकर वापत सरकारलाई आज १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । एनसेलले आज ठूला करदाता कार्यालयलाई पूँजीगत लाभकर अन्तर्गत उक्त कर दाखिला गरेको हो ।

पूँजीगत लाभकर अन्तर्गत एनसेलले एक वर्षअघि नै झण्डै १० अर्ब रुपैयाँ तिरिसकेको छ । एनसेलको स्वामित्व हस्तान्तरणमा कुल तिर्नुपर्ने २५ प्रतिशत लाभकर दायित्वमध्ये पछिल्लोसमेत गरेर एनसेलले १५ प्रतिशत कर तिरेको छ । योसँगै एनसेल पुजिगत लाभकर दायित्वबाट मुक्त भएको छ ।

अब बाँकी रहेको १० प्रतिशत कर दायित्व विक्रेता कम्पनी टेलियासोनेराको हो ।

स्वीडिस कम्पनी टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर करीव १ खर्ब ४० अर्ब रुपैयाँमा २०७२ पुसमा मेलेसियाको एक्जिएटा कम्पनीलाई बिक्री गरेको थियो ।

तर, एनसेलको स्वामित्व हस्तान्तरणमा पूँजीगत लाभकर कसले तिर्ने भन्ने सम्बन्धमा लामो समय विवाद रहेको सन्दर्भमा एनसेलले कुल गरेर झण्डै २४ अर्ब रुपैयाँ कर सरकारलाई तिरेको छ ।