काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको हो ।
उनीहरुबीच नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेपछि गृहमन्त्री पद रिक्त छ ।
प्रतिक्रिया