काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेलाई पुन: पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै लामिछानेलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।
गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।
प्रतिक्रिया