काठमाडौं – निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी अहिले निजी निवास गएका छन् ।
लामिछाने राजीनामा बुझाउन पनि गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निजी गाडीमा गएका थिए । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताकाे लागि कुनै प्रक्रिया अगाडि नबढाएकाे भन्दै सर्वाेच्चकाे संवैधानिक इजलासले हिजाे उनले प्राप्त गरेकाे सबै पद प्रतिष्ठा बदर हुने फैसला गरेकाे थियाे ।
प्रतिक्रिया