देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनु भएको छ ।
पार्टि सभापति रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको हो ।

पार्टीको उपसभापतिसमेत रहनु भएका श्रममन्त्री अर्याललाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरिएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारि दिनुभयो ।

यस्तै उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय गरेको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्ने गरि अर्याललाई संसदिय दलको नेता वनाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले दोहोरो नागरिकतामा उपप्रधान तथा गृहमन्त्रि समेत रहनु भएका पार्टीका सभापति रवि लामिछानेको विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।