देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी

देशान्तर

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ । क्यानले शुक्रबार घरेलु मैदानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । खेल फेब्रुअरी १४ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बन्द प्रशिक्षणमा रहेका नेपाली टोली –

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुबन कार्की, अंकित सुवेदी