देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट

देशान्तर

काठमाडौं-  नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सीजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सीजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।

यस्तो सुविधा लिन नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।

नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटीएम सञ्जाल छन् । नबिल बैंक नयाँ प्रविधि अपनाउने र नवीनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।