देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

देशान्तर

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।दाहालको कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने छ ।

राष्ट्रियसभाको अर्को बैठक पनि माघ २३ विहान ११ः५९ मिनेटमा बस्ने छ ।