देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ

न्यायाधीशहरू फैसलाको छलफलमा

देशान्तर

काठमाडौं – सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै प्रहरीले आवश्यकता अनुसार सुरक्षा तैनाथ बढाएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

सर्वोच्चमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली नियमित रहने गरेको छ । तर, केही बेरअघिबाट अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त सिंहदरबारबाट थप टोली खटाइएको छ ।

सुनुवाइ सकिएपछि अहिले न्यायाधीशहरू फैसलाका विषयमा छलफलमा जुटेका छन् । आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नेबारे कुनै तय भएको छैन ।