देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिन्छ : मन्त्री शर्मा

देशान्तर

काठमाण्डौ/ सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् ।

प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन् । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको पनि बताएकी छन ।

मन्त्री शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।