देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बानेश्वरमा सुकुम्बासीहरुको धर्ना

देशान्तर

काठमाडौं – संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका लागि सडकमा प्रदर्शन गरेको छ । स्थायी विकल्प विना नहटाउन माग गर्दै शुक्रबार माइतीघरमा भेला भएर सुकुम्बासी अभियान्ताहरुले र्‍यालीसहित बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले तीनबुँदे माग राख्दै नयाँबानेश्वर क्षेत्रमा धर्ना दिएका छन् । उनीहरुले आफ्ना विभिन्न माग सरकारसमक्ष राख्दै नारा लगाएका थिए ।

उनीहरुको मुख्य माग भूमि अभियान्ता माथिको झुठो जाहेरी निसर्त फिर्ता हुनुपर्ने, भु–स्वामित्व सहितको स्थायी विकल्प बिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐनबमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गरिनुपर्ने जस्ता छन् ।

काठमाडौ महानगरपालिकाले केही महिना अघि थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन प्रयास थालेसँगै सुकुम्बासीहरु आन्दोलनमा उत्रिँदै आएका छन् ।