देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

देशान्तर

काठमाडौं- सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बिहीबारदेखि जारी दोस्रो दिनको बैठक पार्टी कार्यालय पेपिरसडाँडामा सुरु भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता गठबन्धन, सरकारलगायतका विषयमा छलफल जारी छ । आज स्थायी कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

बिहीबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए ।