देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राज्यमन्त्री तोसिमाको स्पष्टीकरण- राज्य छ भन्ने अनुभूति दिलाउन प्रेमलाई भेटें

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन् । आर्चायलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि शुक्रबार बिहान फेसबुकमार्फत अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् ।

भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरेकी गर्दै उनले आफूले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर आचार्यलाई भेटेको बताएकी छन् ।

डा. कार्कीले ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयमै गएर भेटेको भन्दै सन्तोष व्यक्त गरेकी छिन् । ‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उनका आँखाहरू सधैंका लागि बन्द हुनु अगावै, उनका बोलि सधैंको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु ‘,’ उनले लेखेकी छन् ।

आचार्यलाई भेट्न जाँदा स्वास्थ्य सम्वेदनशीलतामा ध्यान नदिएको भन्दै आलोचना भएपछि डा. कार्कीले आफू चिकित्सक पनि भएकाले स्वस्थ्य सम्वेदनशीलतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेकी छन् ।

उनले मृत्युमाथि राजनीति नगर्न पनि चेतावनी दिएकी छन् । डा. राज्यमन्त्री कार्कीले कसले भिडियो खिच्यो÷खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंले उठाउन खोजेको बहसलाई ओझेलमा नपार्न आग्रह गरेकी छन् ।

मृत्युसँग संघर्ष गरिरहेका बिरामीलाई आईसीयू प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको छ ।