देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

देशान्तर

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।

उदयपुरको चौदण्डिगढी नगरपालिका-६ स्थित जनज्योति माध्यमिक विद्यालय परिषरमा नवनिर्मित सरस्वति मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे।

करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडा नम्बर ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन्।

स्वर्गीय भतिज र भतिजिका नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्‍याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावी गरे।

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो। ‘नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य समस्या नै हो, अधिकारले भने, ‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यास भइरहेका छन्।

उनले साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीतिहरू बनाइएको बताए। अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोवारमा जोड्ने अभियान सुरु गरिएको बताए।

यससका साथै विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंक सम्बन्धी जानकारी दिने काम सुरु गरिएको बताए। कार्यक्रममा चौदण्डिगढीका मेयर कालुमान लामाले सामान्य किसानसँग जोडिने गरी राष्ट्र बैंकले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

उनले गरेर खान्छु भन्ने दृढ इच्छाशक्ति भएका सामान्य नागरिकलाई बैंकले ऋण नदिने र आफूसँग लगानी गर्ने स्रोत नहुँदा आर्थिक समृद्धीका बाटाहरू बन्द भएको बताए।

उपमेयर मणिकादेवी दुलालले सस्तो ब्याजदरमा सामान्य किसानले बैंकबाट ऋण पाउने हो भने मुलुक समृद्धशाली बन्न कुनै समय नलाग्ने बताइन्।