देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टाइगर कप महिला भलिबलमा गण्डकीलाई हराउँदै एपीएफ फाइनलमा

देशान्तर

काठमाडौँ – साविक विजेता नेपाल एपीएफ क्लब पोखरामा चलिरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरी एपीएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको खेलको पहिलो सेट एपीएफले २५–१३ ले, दोस्रो सेटमा २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको हो । अब एपीएफले उपाधिका लागि आर्मी र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको विजेतासँग खेल्नेछ ।

गएको आइतवारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता छ ।

महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।