देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य हालसम्म कै महँगो

देशान्तर

काठमाडौँ – साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रूपैयाँले बढेर एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च मुल्यको रेकर्ड तोड्दै सुनको मुल्यले बिहीबार पुनः नयाँ रेकर्ड राखेको हो ।

तेजावी सुन प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।