देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीको स्थायी समिति बैठक बस्दै

देशान्तर

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको माओवादीले जनाएको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ । त्यस्तै बाबुराम भट्टराई नेतृत्वको नेसपा पार्टि संगको एकता र अन्य राजनैतिक दलसंग एकता प्रकृयाको बिषयमा समेत छलफल हुने छ ।

यसैविच नेकपा एकीकृत समाजवादीले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । माघ २१ र २२ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्नेछ ।

बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । पार्टीका विभिन्न तहका समितिले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाबारे बैठकमा छलफल गर्ने तयारी छ ।

त्यस्तै वामपन्थी पार्टिहरुसंग एकताको प्रकृया र उपलब्धीका बिषया समेत ठोस छलफलहुने समाजवादीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भैरहेको छ ।