देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

असारसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन अनुमति

देशान्तर

 

काठमाडौं – आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएकाे छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ । उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका आचार्यले  उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । उनले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताएका थिए ।

यस्तै, बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय पनि गरेको छ । तर ,यसअघि दर्ता नभई चलेका क्रसर  भने बन्द गर्ने निर्णय गरेको छ ।