देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, थप बहस शुक्रबार

देशान्तर

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । मुद्दामाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्चले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

इजलामा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

बुधबारको बहसमा रिट निवेदकका तर्फबाट र रवि लामिछानेका कानुन व्यवसायीहरुले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्‍यवसायीहरुले रवि नेपाली मूलका विदेशी नागरिक भएको जिकिर गरेका थिए । उनीहरुले लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको दावी गरेका छन् ।

मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहस सकिएपछि फैसला आउनेछ ।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।

सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरू गरेको हो । बहस नसकिएकाले शुक्रबारका लागि हेर्दाहर्दैमा बसेको छ ।