देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचनः कांग्रेसबाट माधवप्रसाद आचार्यको मनोनयन दर्ता

देशान्तर

काठमाडौं – लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसका माधवप्रसाद आचार्यको मनोनयन दर्ता भएको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी रोल्पा निवासी आचार्यले मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रश्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी रहेका छन् ।

माघ २५ मा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि मतदान हुने छ । एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि पद रिक्त थियो ।