काठमाडौँ – लुम्बिनीमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् ।
आज बिहानमात्र कांग्रेसले रोल्पाका पूर्व सभापति आचार्यको नाम टुंगो लगाएको हो । उनले बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने छन् ।
यस्तै, सत्तारूढ दलबाट नेकपा (एमाले) का कुमार दसौदीले उम्मेदवारी दिने छन् । एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।
प्रतिक्रिया