देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिस हिपिकिन्स बने न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री


क्रिस हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् ।

राजधानी वेलिङ्टनमा आज आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले उनलाई सपथ गराएका हुन् ।

क्रिसलाई लेबर पार्टी ककसले औपचारिक रूपमा समर्थन गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् ।

नयाँ प्रधानमन्त्रीको दौडमा उनी मात्रै उम्मेदवार थिए ।

बीबीसीका अनुसार न्यूजिल्याण्ड अहिले मुद्रास्फीति र सामाजिक समानतासँग संघर्ष गरिरहेको छ ।

जसका कारण लेबर पार्टीको लोकप्रियतामा उल्लेख्य कमी आएको छ । यो सबै क्रिससामु ठूलो चुनौती हुनेछ ।

४४ वर्षीय क्रिस हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए ।

प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए । जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस प्रधानमन्त्री बनेका हुन् ।

यद्यपी उनी यो पदमा कति दिन बस्छन् भन्ने टुंगो छैन । यो किनभने यसै बर्षको अक्टोबरमा न्यूजील्याण्डमा आम चुनाव हुँदैछ ।

क्रिस हिपकिन्सलाई सन् २०२० मा महामारीसँग लड्न कोविड मन्त्री बनाइएको थियो ।

त्यतिबेला उनको कामको प्रशंसा भएको थियो ।

न्युजिल्याण्डमा कोरोना महामारीको तीन वर्षमा मात्रै २ हजार ४३७ जनाको मृत्यु भएको थियो ।