देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु

क्षतिको थप विवरण संकलन हुँदै

देशान्तर

काठमाडौं – मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक जनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर जिल्लाको गौमुल गाउँपालिका–२ जुरेलीको स्थानीय जमुना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । डीएसपी थापाका अनुसार प्रहरी निरीक्षकको टोली उद्दारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलनको काम जारी छ ।